नेपाली कांग्रेसको नीति प्रतिष्ठानको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेश स्तरीय भेला सुरु भएको छ।
सोमबार कांग्रेस सभापति गगन थापाले भेलाको उद्घाटन गरेका छन्। गमलमा राखिएको विरुवामा जल चढाएर थापाले भेलाको उद्घाटन गरेका हुन्।
भेलामा उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल र केन्द्रीय सदस्य सहभागी छन्। त्यस्तै, कर्णाली प्रदेशका कांग्रेसका संसदीय दलका नेता, मन्त्री र सांसद पनि सहभागी छन्।
यस्तै, गत फागुन २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसका उम्मेदवार पनि भोलमा छन्। कर्णाली प्रदेशका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई पनि भेलामा सहभागी गराइएको छ।
दुई दिनसम्म चल्ने भेलामा चुनावको समीक्षा, आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। त्यस्तै, कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारमा सुशासन, विकास निर्माण र नागरिकमैत्री शासनका विषयमा पनि छलफल हुने जनाइएको छ।
यसअघि कांग्रेसले सुदूरपश्चिम प्रदेश स्तरीय भेला गरेको थियो। दुई दिनसम्म चलेको भेलाले १५ बुँदे संकल्प प्रस्ताव पारित गरेको थियो।
Shares

प्रतिक्रिया