राजनीति


संसदमा हर्क साम्पाङको गर्जनः सरकार कहाँ लुकेर बसेको छ?

संसदमा हर्क साम्पाङको गर्जनः सरकार कहाँ लुकेर बसेको छ?

हर्क साङपाङ


नेपालखबर
बैशाख २८, २०८३ सोमबार १५:२७, काठमाडौँ

श्रम, संस्कृति पार्टीका सांसद हर्क साम्पाङले लिपुलेक विवादमा सरकारले छिमेकी मुलुकसँग कुटनीतिक सम्वाद गर्न नसकेको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनले राष्ट्रियता र सीमा रक्षाका सवालमा सरकारले ‘चुप्पी’ साँधेको आरोप लगाएका हुन्।

‘किन कुटनीतिक वार्ता गर्न सकेन? हस्ताक्षरबिनाको कुटनीतिक नोटका भरमा मात्र किन लुकेर बसेको छ यो सरकार?’

उनले नेपाली सेनाको परिचालन र सीमा सुरक्षाको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। सेनालाई सीमा रक्षामा खटाउनुको साटो सुकुम्बासी हस्ती हटाउन प्रयोग गरेको भन्दै उनले आपत्ति जनाए।

सरकारले संविधान प्रदत्त आवास र सम्मानजनक बाँच्न पाउने मौलिक हकको उल्लंघन गरेको दाबी छ। संविधान उल्लंघन गरेर सरकार असफल भइसकेको दाबी गर्दै सांसद साम्पाङले भने, ‘गरिबका भत्किएका बस्ती र बिजोग बनाइएको होल्डिङ सेन्टरहरुमा प्रधानमन्त्री जानुभएको छ कि आफ्नै कार्यालयमा लुकेर बस्नुभएको छ?’

उनले देश अभिभावकविहीन बनेको महसुस भइरहेको बताउँदै संविधान मिच्ने सरकारको अब कुनै औचित्य नरहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad