राजनीति


आफ्नो बाख्रापालन व्यवसाय देखाउँदै गगनले भने: कृषि क्षेत्रमा लगानी बढाउन आवश्यक

आफ्नो बाख्रापालन व्यवसाय देखाउँदै गगनले भने: कृषि क्षेत्रमा लगानी बढाउन आवश्यक

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १९:५४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रेमिटेन्समा निर्भर अर्थतन्त्र दीर्घकालीन रूपमा टिक्न नसक्ने भन्दै मुलुकलाई बाह्य अर्थतन्त्रसँग जोडेर आन्तरिक उत्पादन र कृषि क्षेत्रलाई सुदृढीकरण गर्न आवश्यक रहेको बताएका छन्।

शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन्। रेमिटेन्सको भर मात्रै पर्ने अवस्था रहे मुलुक निश्चितस्तरभन्दा माथि उठ्न नसक्ने बताए।

उनले कृषि व्यवसायलाई आकर्षक बनाउन दीर्घकालीन ऋण सुविधाको आवश्यकता औँल्याउँदै १५ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराउन सके धेरैलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सकिने बताए। उनले आफ्नो बाख्रा पालन व्यवसायको उदाहरण दिँदै कृषि क्षेत्रमा लगानी र सम्भावनाको विस्तार आवश्यक रहेको उल्लेख गरे।

उनले भने, ‘मेरो फेमस बाख्रा व्यवसाय देखेर धेरै जना साथीहरू बाहिरबाट आउनुभयो, व्यवसाय शुरु गर्नुभयो। मैले एग्रिकल्चरको क्षेत्रमा यतिधेरै बाहिरबाट आउनुभएको मान्छेहरू देखेको छु। त्यसकारण कृषि व्यवसाय गर्ने मानिसका लागि १५ वर्षको ऋण सुविधा हुने हो भने धेरै जना मान्छेहरू यस्तो अवस्थाबाट जोगिन सक्नुहुन्छ।’

उनले आफू छलफल र बहसमा विश्वास गर्ने उल्लेख गर्दै मुलुकको परिवर्तन नीतिमार्फत हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad