राजनीति


क्रियाशील सदस्यता अद्यावधिक नगर्न कांग्रेस युवाको आह्वान, जागरण अभियान सञ्चालन गर्ने

क्रियाशील सदस्यता अद्यावधिक नगर्न कांग्रेस युवाको आह्वान, जागरण अभियान सञ्चालन गर्ने

नेपालखबर
जेठ २, २०८३ शनिबार १९:३२, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका युवाको भेलाले यसअघि नविकरण गरिसकेको क्रियाशील सदस्यता अव अद्यावधिक नगर्न आह्वान गरेको छ। 

खड्का पक्षका युवाको शनिबार काठमाडौँको सुकेधारामा भेला आयोजना गरिएको थियो। कांग्रेसको वृहत्तर एकताका लागि भनेर गरिएको भेलाले यअसघि नै १५औँ महाधिवेशनका लागि नविरकण गरिएको क्रियाशील सदस्यता फेरि अद्यावधिक नगर्न भनेको हो। 

भेलाको निर्णयमा भनिएको छ, ‘१५औँ महाविशेधनको लागि पार्टी विधानअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी वैधानिक रुपले क्रियाशील सदस्यहरूले सदस्यता नविकरण गरिसकेको हुनाले क्रियाशील सदस्यहरूलाई अधावधिकको नाममा पार्टी विधान विपरीत पुनः सदस्यता नविकरण गर्न दबाब दिने, धम्क्याउने, तर्साउनेलगायतका कार्यहरू वदनियतपूर्ण देखिएकोले देशैभरीको क्रियाशील सदस्यलाई सदस्यता अधावधिक नगर्न आह्वान गर्ने।’

यस्तै, कांग्रेस सभापति गगन थापाले नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दललगायतका भातृ संस्था विघटन गरेकोमा विरोध जनाएको छ। यसले पार्र्टी एकतामा आघात पुगेको भेला ठहर गरेको छ। 

युवा भेलाले देशव्यापी जागरण अभियान सञ्चालन गर्ने भएको छ। ‘केन्द्रीय समितिले पार्टीको विद्यानविपरीत समेत हुने गरी पार्टी एकता विरुद्ध विभिन्न गतिविधि गरेको तथा पार्टीका जिम्मेवार र ईमानदार नेता कार्यकर्ताहरूलाई अनुशासनको नाममा अनुचित कारबाही गरेको हुनाले सो गतिवधिहरू रोक्न तथा पार्टीको वृहतर एकताका लागि देशव्यापि जागरण अभियान सञ्चालन गर्ने,’ भेलाको निर्णयमा भनिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad