राजनीति


कांग्रेसका नेताहरू नै सदस्यता अध्यावधिक नगर्न आह्वान गरिरहेका छन्: गगन थापा

कांग्रेसका नेताहरू नै सदस्यता अध्यावधिक नगर्न आह्वान गरिरहेका छन्: गगन थापा

नेपालखबर
जेठ ३, २०८३ आइतबार १७:५३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा देखिएको विवाद समाधानको लागि आफूले कोशिस गरिरहेको बताएका छन्।

प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्नको लागि लचिलो हुन तयार रहेको बताएका हुन्। उनले १४ औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित नेताहरूलाई पुनः जिम्मेवारीमा ल्याउन तयार रहेको बताए। 

महाधिवेशनबाट निर्वाचित धेरै अग्रज नेताहरू हाल केन्द्रीय समितिबाट बाहिर रहेको उल्लेख गर्दै उनले सबै नेताहरूसँग मिलेर काम गर्न चाहेको बताए। उनले पार्टीमा विशेष मधिवेशन पक्षधर र विशेष मधिवेशन विपक्षी भनेर कसैलाई पनि भेदभाव नगरि सबैलाई समान अवसर दिने प्रस्ताव गरेको बताए।

उनले भने, ‘पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरूको ठूलो पंक्ति हाल केन्द्रीय समितिबाट बाहिर छ। म त्यो प्रत्येक नेता जो चाहनुहुन्छ, अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता जसलाई जे ठाउँमा हुन्छ, त्यही राखेर उहाँलाई सँगै लिएर काम गर्न चाहन्छु।’

सभापति थापाले पार्टीको विवाद समाधान गर्नको लागि पटक पटक छलफल गरिरहेको भएपनि सदस्यता अध्यावधिक प्रक्रियालाई लिएर पार्टीभित्रै विरोधको लहर चलाइएकोप्रति असन्तुष्टी जनाए।

देशभरका कांग्रेस सदस्यलाई फोन, मेसेन्जर, कम्प्युटर वा वडा कार्यालयमार्फत सदस्यता नवीकरण गर्न आग्रह भइरहेका बेला केही नेताहरूले अध्यावधिक नगर्न उक्साइरहेको उनको आरोप छ। 

उनले भने, ‘कांग्रेसको देशभर भएको सदस्यलाई फोन, मेसेन्जर, कम्प्युटर वा फिजिकल रुपमा वडा कार्यलय गएर म नेपाली काँग्रेसको सदस्यता निरन्तर गर्न चाहन्छु, यति भनेर भन्दिनुस् भनेर भन्दै गर्दा पनि ल त? भन्लास् त? कांग्रेसको सदस्य हुँ भन्लास त? कांग्रेस सकाउने? भनेर नेताहरुको अभिव्यक्ति सुनिरहेको छु। अध्यावधिक नगर्नको लागी भनेर आह्वान गर्ने लहर चलेको छ, यहाँ। के भनेको अध्यावधिक नगर्ने भनेको?’ 

उनले सबै नेताहरूलाई सदस्यता अध्यावधिक गर्ने कार्यमा सहयोग गर्न आग्रह गरे। पार्टीमा एकता कायम राख्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ। कांग्रेसले एकजुट भएर गुमेको १० लाख शुभेच्छुक र समर्थकको मत पुनः फिर्ता गर्ने गरि काम गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad