राजनीति


कार्यदल गठन भएपछि पृथ्वीसुब्बाले भने- ओली पुनर्गठनको नामै सुन्न तयार थिएनन्

कार्यदल गठन भएपछि पृथ्वीसुब्बाले भने- ओली पुनर्गठनको नामै सुन्न तयार थिएनन्

नेपालखबर
जेठ १०, २०८३ आइतबार २२:५, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले सचिवालय बैठकमा नेतृत्वको पुनर्गठनको नामै सुन्न नचाहेको विषय खुलाएका छन्।

नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘पुनर्गठनको नामै सुन्न नचाहने, एजेन्डानै प्रवेश गर्न नदिने जस्तो कुरा थियो। समीक्षा र पुनर्गठनलाई एकठाउँ राखेर पार्टीमा यो जरुरी छ भन्ने महसुस भयो।’

उनले यो कार्यदलले असार १० गतेभित्र प्रदेश, जनसंगठनको राय लिएर प्रतिवेदन पेस गर्ने जानकारी दिए।

‘पुनर्गठनको मोडालिटी, प्रक्रिया के हुन्छ भन्ने छलफल कार्यदलमा हुन्छ,’ उनले भने।

नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गरेको छ।

कार्यदलमा विश्वप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविराज विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकाल सदस्य रहेका छन्। त्यस्तै अन्य सदस्यहरूमा ९ प्रदेशका इन्चार्ज छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad