राजनीति


शिक्षामन्त्री र ईयूआबद्ध मुलुकका राजदूतहरूबीच शिष्टाचार भेट

शिक्षामन्त्री र ईयूआबद्ध मुलुकका राजदूतहरूबीच शिष्टाचार भेट

नेपालखबर
जेठ ११, २०८३ सोमबार २१:१५, काठमाडौँ

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र युरोपेली संघ (ईयू) सँग आबद्ध विभिन्न मुलुकका राजदूतहरुबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार नेपालस्थित इयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैरआवासीय राजदूतहरुले शिक्षामन्त्री पोखरेलसँग संयुक्तरूपमा भेटवार्ता गरेका हुन्। भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा छलफल भएको थियो। 

राजदूतहरूले नेपालको परिवर्तित सन्दर्भमा सरकारको प्राथमिकताको क्षेत्रका साथै नेपालको शिक्षा, उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न चासो देखाएको मन्त्रालयले जनाएको छ। 

शिक्षामन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा इयूलगायत मुलुकले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि थप साझेदारी बढाउन मन्त्रालय तयार रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad