फिर्केखोलाको खोला घर खाली गर्ने अभियानको दोस्रो दिन सोमबार ३१ वटा संरचनाहरू हटाइएको छ।
अभियानकै क्रममा पोखरा ४ को कोइराला विर्ता टोलमा फिर्केखोलामाथि नै बनाइएको माओवादी नेताको घर पनि भत्काइएको छ।
माओवादी नेता ज्ञानबहादुर कोइरालाले शक्तिको दुरुपयोग र कानुनको अन्देखा गर्दै खोला मिचेर २ वटा घर ठ्याएका थिए। ती घर भाडामा लगाइएको थियो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार सोमबार वडा नं ४ र ५ को क्षेत्रमा ६ वटा पक्की र ३ वटा कच्ची संरचनाहरू भत्काइएको छ भने वडा नं १८ र २ को सीमाना क्षेत्रमा ६ वटा संरचनाहरू हटाइएको छ।
पहिलो दिन बाँकी रहेको पोखरा ८ मा रहेको राधाकृष्ण सामुदायिक भवन पूर्ण रूपमा हटाइएको तथा त्यहाँ रहेका ६ वटा पक्की र ९ वटा कच्ची संरचना हटाउँदा जम्माजम्मी ५१ वटा संरचनाहरू खोला घरबाट हटाइएको उनले बताए।
खोला घर खाली गर्ने कार्यमा ३ वटा जेसिवी र २ वटा एक्स्काभेटर प्रयोग भइरहेका छन्।
Shares

प्रतिक्रिया