अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरताको दुष्चक्र अब पूर्ण रूपमा समाप्त भएको घोषणा गरेका छन्।
सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो दाबी गरेका हुन्। उनले राजनीतिक स्थायित्व कायम भएसँगै अब मुलुक आर्थिक समृद्धिको नयाँ दिशामा अघि बढ्ने विश्वास दिलाए।
आज प्रधानमन्त्री वालेन्द्र शाह पनि संसदमा उपस्थित छन्।
अर्थमन्त्री संसदमा जानुअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेट पारित गरेको थियो। मन्त्रिपरिषद्बाट बजेट स्वीकृत भएलगत्तै प्रधानमन्त्रीसहित सबै मन्त्रीहरू बजेट भाषणका लागि संसद् भवन पुगेका हुन्।
अर्थमन्त्री वाग्लेले अहिले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य वाचन गरिरहेका छन्।
Shares

प्रतिक्रिया