राजनीति


प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक: गुरु बराल

प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक: गुरु बराल

नेपालखबर
जेठ १७, २०८३ आइतबार १७:३२, काठमाडौँ

नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्री वालेन्द्र साहको अभिव्यक्तिप्रति प्रतिपक्ष नेकपा (एमाले) ले आपत्ति जनाएको छ। 

आइतबार सिंहदरबारस्थित संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले आम नेपालीको शीर झुकाएको उल्लेख गर्दै त्यसलाई गम्भिरतापूर्वक लिने बताए। उनले प्रधानमन्त्रीको सो अभिव्यक्तिले सबै नेपालीको प्रतिष्ठामा आँच आएको जिकिर पनि गरे।

सांसद बरालले भने,‘नेपालले समेत भारतको भूमि मिचेको रहेछ। म प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएँ भनेर प्रधानमन्त्रीले जसरी आज हाउसमा बोल्नु भएको छ। यसले हामी सबै नेपालको शीर झुकेको छ। र, प्रधानमन्त्रीको हैसियतले यसरी देशको सीमाका विषयमा नेपालले भारतको सीमाना मिचेको छ भनेर अत्यन्तै दुःखद् छ। गम्भीर आपत्तिजनक छ।’

सांसद बरालले प्रधानमन्त्री साहले नेपाली जनताको प्रतिष्ठामा आँच आउने खालको अभिव्यक्ति दिन थालेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad