नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गरेका छन्।
आइतबार संघीय संसद भवन सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन्। सचेतक राईले सार्वभौम संसदमा प्रधानमन्त्री साहले विनातथ्य कुरा गर्नु अशोभनीय भएको पनि बताए। उनले प्रधानमन्त्रीको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे पनि सुझबुझपूर्ण अभिव्यक्ति नदिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।
सचेतक राईले भने,‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्नेकुरा कि त तथ्यसम्मत ढंगले भन्न सक्नु पर्यो। यो, यो ठाउँ भनेर भन्न सक्नु पर्यो। तर प्रधानमन्त्रीज्यूले सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिहरू भएको ठाउँमा आएर हामीले पनि भारतको सीमा मिचेका छौ भनेर एक खालको तथ्यहिन कुरा गर्नु भयो। आपत्ति छ। मानव अधिकार आयोगबारे पनि प्रधानमन्त्रीको टिप्पणी सुझबुझपूर्ण छैन।’
सचेतक राईले प्रधानमन्त्री साहले संसदमा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ दिन नसकेको जिकीर पनि गरे।
Shares

प्रतिक्रिया