प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँकेमा आइतबार राति भएको सवारी दुर्घटनाको छानबिन गर्न माग गरेको छ।
नेपालगञ्जबाट सल्यान तर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी राप्तीसोनारी गाउँपालिका वडा नं. २ स्थित ठुरिया जंगलमा भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका छन्।
घटनाप्रति दुःख प्रकट गर्दै कांग्रेसले सवारी दुर्घटनाको यथार्थ छानबिन गर्न तथा घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।
बाँके दुर्घटनामा घाइते २१ को नाम सार्वजनिक, मृतक १२ मध्ये चालक र सहचालककाे सनाखत

प्रतिक्रिया