राजनीति


एमसीसी विवादबीच बहुप्रतिक्षित नेकपा स्थायी कमिटी बैठक आज बस्दै 

एमसीसी विवादबीच बहुप्रतिक्षित नेकपा स्थायी कमिटी बैठक आज बस्दै 

नेपालखबर
असार १०, २०७७ बुधबार ३:४०,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुप्रतिक्षित स्थायी कमिटीको बैठक आज (बुधबार) बस्दै छ।

धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा अहिले बिहान ११ बजेपछि बस्ने बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सरकारका काम/कारबाही र पार्टी गतिविधिका विषयमा निर्णायक छलफल हुने नेकपा नेताहरूले बताएका छन्।

याे पनि: ओली–प्रचण्ड छलफलपछि बुधबारकाे स्थायी समिति बैठक निश्चित, यी हुन् एजेन्डा

खासगरी नेकपाभित्र एमसीसीका विषयमा तीव्र विवाद छ। यही असार १६ गते भित्र एमसीसी पारित गर्नुपर्ने समय सीमा छ भने असार १७ गते संसद बैठक बस्ने समय तालिका छ। यस्तो बेला बस्न लागेको नेकपाको स्थायी कमिटीको बैठकलाई महत्वसाथ हेरिएको छ। 

याे पनि: असार १६ भित्र एमसीसी अनुमोदन नहुने निश्चित

गत वैशाख २५ गते नै बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठक अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा स्थगन गरेका थिए।

याे पनि: एमसीसी नयाँ इस्टइण्डिया कम्पनी: पोख्रेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad