समाज


क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या

क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या

नेपालखबर
असार १०, २०७७ बुधबार ३:५६,

तनहुँको घिरिङ गाउँपालिकाको क्वारेन्टिनमा बसेका एक व्यक्तिले गए राति आत्महत्या गरेका छन्।

सोही ठाउँका ४९ वर्षीय पुरुषले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका प्रहरीले जनाएको छ। रोजगारीका लागि भारत गएका उनी ४ असारमा नेपाल आएका थिए।

शुरुमा उनलाई सरस्वती माविको क्वारेन्टिनमा राखिएको थियो। त्यहाँबाट भाग्ने प्रयास गरेका उनलाई गाउँपालिकाले चन्द्रज्योति माविको क्वारेन्टिनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

हाल उक्त क्वारेन्टिनमा चार जना बसिरहेका छन्। ‘ती व्यक्तिमा मानसिक समस्या रहेको जानकारी आएको छ,’ उनले भने, ‘आत्महत्याको जानकारी पाएलगत्तै यहाँबाट प्रहरी टोली पठाएका छौँ। सुरक्षितरूपमा शव व्यवस्थापन गर्नका लागि स्वास्थ्यकर्मी टोलीसमेत घटनास्थल पुगेको छ।’

तनहुँ जिल्लामा मङ्गलबार मात्रै विभिन्न स्थानमा गरी अन्य तीन जनाले आत्महत्या गरेका प्रहरीले जनाएको छ।

तनहुँमा आत्महत्या गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। मानसिक तनाव, प्रेममा असफल, गरिबीका कारण समाजमा यस्ता घटना घट्ने गरेका प्रहरी अनुसन्धानले देखाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad