राजनीति


पूर्व प्रधानमन्त्रीसहित सबै दलका प्रमुखलाई राष्ट्रपतिले बोलाइन् शीतलनिवास

पूर्व प्रधानमन्त्रीसहित सबै दलका प्रमुखलाई राष्ट्रपतिले बोलाइन् शीतलनिवास

नेपालखबर
असार १०, २०७७ बुधबार ४:५९,

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्रीसहित सबै दलका प्रमुखलाई शीतलनिवास बोलाएकी छन्।

राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले दिएको जानकारीअनुसार कोरोना महामारी, लकडाउन तथा यसबाट सिर्जित समस्याबारे छलफल गर्न राष्ट्रपति भण्डारीले सबै दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीहरूलाई आज बेलुका शीतलनिवास बोलाएकी हुन्।

‘यो नियमित कार्यक्रमअन्तर्गत नै हो,’ डा. अधिकारीले नेपालखबरसँग भने, ‘राष्ट्रपतिज्यूले दलका नेतासँग भेटवार्ता नगरेको ३–४ महिना भयो, यसैकारण आज बेलुकाका लागि बोलाउनुभएको हो।’ तर उनले बजे ताेकेनन्। 

एमसीसीका विषयमा पनि छलफल हुने हो भन्ने नेपालखबरको प्रश्नमा राष्ट्रपतिका स्वकीय सचिव डा.अधिकारीले यो विषय सरकारको भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad