सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइँदैन’ भन्दै बिहीबार युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेका बेला केही कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरुले नारा लगाएका छन्। उनीहरुले प्रधानमन्त्री ओलीको फोटोसहित ‘देशको मुहार फेर्नु छ, साथी पार्टीभन्दा राष्ट्र माथि’ लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए।
उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’ लगायतका नारा लगाएका थिए।

प्रतिक्रिया