राजनीति


कांग्रेसले भन्योः संसद अधिवेशन हठात् अन्त्यको घोषणा गम्भीर

कांग्रेसले भन्योः संसद अधिवेशन हठात् अन्त्यको घोषणा गम्भीर

नेपालखबर
असार १८, २०७७ बिहिबार १२:८,

नेपाली कांग्रेसले संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया लाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरुबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद भएको कांग्रेसले जनाएको छ।

बिहीबार विज्ञप्ति प्रकाशित गरी कांग्रेसले यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग ‘न कुनै परामर्श गरिएको न त पूर्व सूचना दिइएको’ बतायो।

‘सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक छ’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो। तर अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छ।’

कांग्रेसले जनताको जीवन प्रधान कि सत्ताको राजनीति? भन्दै संघीय संसदको अधिवेशन हठात् अन्त्य गरिएकोमा असहमति प्रकट गरेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad