राजनीति


सिन्धुपाल्चोक पुगेर सभामुखले भने : उद्धारका लागि सबै टोली परिचालन गछौँ, तत्काल राहतको व्यवस्था गर्छौँ

सिन्धुपाल्चोक पुगेर सभामुखले भने : उद्धारका लागि सबै टोली परिचालन गछौँ, तत्काल राहतको व्यवस्था गर्छौँ

नेपालखबर
असार २५, २०७७ बिहिबार १०:४,

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सन्धुपाल्चकोका पहिरोपीडितको उद्धार र राहतमा कुनै कमी हुन नदिने बताएका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गएको पहिरोमा परी दुई जनाको मृत्यु हुनुका साथै केही घाइते २० जना बेपत्ताको अवस्था बुझ्न पुगेका सभामुख सापकोटाले राहतको पनि तत्काल व्यवस्था गर्न आफूले सम्बन्धित निकायमा माग गर्ने बताए। सो घटनाका चार घाइतेलाई अहिले उपचारका लागि काठमाडौँ ल्याइसकिएको छ।

 ‘अहिले घटनास्थल अवलोकन गर्न आएका हौं’, बाढी र पहिरोपीडित स्थानीयसँग सभामुख अग्नी सापकोटाले भने, उद्धारमा कुनै कमी हुन दिँदैनौं, सबै टोली परिचालन गछौं, राहत पनि तत्काल व्यवस्था गर्न सम्बन्धित निकायलाई खबर गर्नेछु।’

त्यसै क्षेत्रका सांसद समेत रहेका सापकोटाले बाडी र पहिरो प्रभावितका लागि राहत दिलाउन आफूले सक्दो प्रयत्न गर्ने बताए। ‘म तपाईंहरुको प्रतिनिधि हुँ, सुखदुःखमा तपाईंका साथमा छु’, उनले भने ‘राहत उद्धारका लागि मेरो तर्फबाट सक्दो सहयोग हुन्छ।’

बुधबार मोतियाविन्दुको अप्रेसन गरेर आराम गरिरहेको सभामुखसहित सापकोटा बिहीबार बिहानै सिन्धुपाल्चोकतर्फ हेलिकप्टरमा उडे पनि मौसम अनुकुल नहुँदा काभ्रेबाट काठमाडौं फर्किएका थिए।

काभ्रेबाट फर्किएका उनी त्रिभुवन विमानस्थलमा तीन घण्टा कुरेर पुनः सिन्धुपाल्चोक पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad