पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले देशैभर बाढीपहिरो र डुबानले गरिरहेको जनधनको क्षति भइरहेकोप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
साथै उनले पीडितको उद्धार र पुनःस्थापनामा एकताबद्ध भएर लाग्न सरकारसहित सबै पक्षलाई आह्वान गरेका छन्।
मंगलबार बिहानै फेसबुकमा बाढीपहिरोको तस्बिर राख्दै उनले स्टाटसमार्फत सरकार, निजी क्षेत्र, राजनीतिक दल र आम नागरिकलाई एकताबद्ध भएर उद्धार, राहत, पुनर्स्थापनामा लाग्न अपिल गरेका हुन्।
उनले लेखेका छन्, ‘विपद्को यो घडीमा जनताका घरदैलोमा पुगेर जनसेवाका काममा दत्तचित्त हुन जनता समाजवादी पार्टीका सबै नेता/कार्यकर्ता/समर्थकहरूमा विशेष अनुरोध गर्दछु।’

प्रतिक्रिया