समाज


सर्लाहीका यी युवकले जनकपुरमा किन पेस्तोल बोकेर हिँडे?

सर्लाहीका यी युवकले जनकपुरमा किन पेस्तोल बोकेर हिँडे?

शैलेन्द्र महतो
साउन ६, २०७७ मंगलबार २:४१,

जनकपुरमा नलकटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार सर्लाहीको हरिपुर्वा नगरपालिका–८ बसतपुर घर भएका २१ वर्षीय सुनीलकुमार अधिकारीलाई पेस्तोलसहित पक्राउ गरिएको हो।

हाल जनकपुरधाम उपमहानगरपालिका-८, बजरंगचोकमा डेरा गरी बस्ने उनले कटुवा पेस्तोल बोकेर हिँडिरहेको भन्ने गोप्य सूचना पाएपछि सादा पोसाकमा खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका ९ स्थित जानकी मावि नजिकबाट पक्राउ गरेको हो।

उनले त्यसरी किन पेस्ताेल बाेकेर हिँडे भन्ने कुरा अहिले खुलिसकेकाे छैन।

अदालतबाट म्याद थप गराई उनीबारे अनुसन्धान भइरहेको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad