राजनीति


पेट्राेलियम पाइपलाइन नेपालका लागि ‘गेम चेञ्जर’: भारतीय राजदूत

पेट्राेलियम पाइपलाइन नेपालका लागि ‘गेम चेञ्जर’: भारतीय राजदूत

नेपालखबर
साउन २, २०७६ बिहिबार ९:५६,

भारतीय राजदूत मञ्जिव सिंह पुरीले मोतीहारी–अमेलखगञ्ज पेट्रोलियम पाइप लाइन नेपालका लागि ‘गेम चेञ्जर’ आयोजना हुने बताएका छन्। पेट्रोलियम पदार्थ पाइपबाट ल्याउन सफल भएपछि अब ग्यास पाइपलाइनतिर लाग्नुपर्ने उनले बताए।

‘नेपाल–भारत पेट्रोलियम पदार्थ पाइपलाइन सफल भएको छ। तराई र नेपालका लागि यो गेम चेञ्जर परियोजना हो’, राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पुरीले भने, ‘अब हामीले ग्यास पाइपलाइनबारे कल्पना गर्नुपर्छ।’

मोतीहारीदेखि अमलेखगञ्जसम्म ७९.५ किलोमिटर पाइपलाइन बिछ्याउने काम सम्पन्न भइसकेको छ। पाइपलाइनबाट तेल ल्याउने परीक्षण समेत सफल भइसकेको छ। पाइपलाइनमा नेपाल सरकारको ७५ करोड र भारतको ३ अर्ब भारु लगानी भएको छ।

नेपालसँग हवाई इन्धन ३ दिनका लागि मात्र भण्डारण रहने स्थिति रहेको अवस्थामा पाइपलाइन परियोजनाले राहत दिने उनले दाबी गरे।

manjeev singh puri1कार्यक्रमलाइ सम्बोधन गर्दै राजदूत पुरी। तस्विर साैजन्य: भारतीय दूतावास

‘पहिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ दिनलाई पुग्ने हवाई इन्धन भण्डारण हुन्थ्यो। अहिले ३ दिन मात्र छ’, राजदूत पुरीले भने, ‘पाइपलाइन विछ्याइसकेपछि नेपालले भण्डारणको समस्या हुने छैन।
ट्यांकरबाट ढुवानी गर्दा हुने झन्झट पनि हट्नेछ।’ 

भारतीय अर्थतन्त्र फैलिँदै गएको भन्दै उनले नेपालले त्यसबाट फाइदा लिनसक्नुपर्ने उल्लेख गरे। ‘भारत ५ हजार अर्ब अमेरिकी डलरको अर्थतन्त्र हुँदैछ। यसबाट नेपालले फाइदा लिनुपर्छ’, उनले भने।
पञ्चेश्वर परियोजना कार्यान्वयन गरिने बताएका उनले भारतीय संरचनाका कारण तराई डुबानमा परेको विषयमा भने केही बोलेनन्।

पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपाल–भारत सम्बन्धः विकास र गतिशीलता विषयक कार्यक्रमलाई राजदूत पुरीले सम्बोधन गरेका हुन्। कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री मावधकुमार नेपाल समेत सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad