राजनीति


इजरायल र यूएईबीच ऐतिहासिक सम्झौता

इजरायल र यूएईबीच ऐतिहासिक सम्झौता

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ३:४२,

इजरायल र युनाइटेड अरब इमिरेट्सबीच सम्बन्धमा सुधार गर्ने ऐतिहासिक सम्झौता भएको छ।

नियन्त्रणमा रहेका वेष्ट बैंकका केहि भाग गाभ्ने विवादास्पद् योजना स्थगित गर्न इजरायल सहमत भएपछि यो सम्झौता भएको हो।

यो सहमति गर्नका लागि मध्यस्तता गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ती मुलुकहरुले यो सहमतिलाई ऐतिहासिक तथा शान्ति स्थापनाका लागि ठूलो सफलता भएको बताएका छन्।

अहिलेसम्म खाडी मुलुकहरुसँग कुटनीतिक सम्बन्ध नभएको इजरायल र यूएईसँग याे पहिलाे सम्झौता हो।

इरानसँग दुवै देशको समान चिन्ताले यी दुई देशलाई नजिक ल्याएको हो।

यो सहमतिबाट प्यालेस्टिनी नेताहरु भने अचम्ममा परेको बताइएको छ।

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासका प्रवक्ताले यसलाई राष्ट्रघात जत्तिकै अपराधको संज्ञा दिएका छन् भने यूएईका लागि प्यालेस्टिनी राजदूतलाई फिर्ता बोलाइएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री नेत्यन्याहु र अबु दाबीका राजकुमार मोहम्मद अल नह्यानबीच भएको यो सम्झौतालाई एउटा साँच्चिकैको ऐतिहासिक क्षण बताएका छन्।

यसलाई सन् १९४८ मा भएको इजरायलको स्वतन्त्रतापछि भएको तेस्रो इजरायल–अरब शान्ति सम्झौताको रुपमा लिइएको छ।

‘आइसब्रेक भएको छ। अरु मुस्लिम मुलुकहरुले पनि अब यूएईकै बाटो पछ्याउने छन् भन्ने मेरो अपेक्षा छ,’ ट्रम्पले भनेका छन्।
–बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad