राजनीति


नेकपा विवाद : संयोजक पौडेल भन्छन्- कार्यदलले भोलिदेखि नै काम सुरु गर्छ

नेकपा विवाद : संयोजक पौडेल भन्छन्- कार्यदलले भोलिदेखि नै काम सुरु गर्छ

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ७:५७,

सत्तारुढ दल नेकपामा जारी विवाद समाधानकाे प्रस्तावको मस्यौदा तयार गर्न महासचिव विष्णु पौडेलको संंयोजकत्वमा कार्यदल गठन गरिएको छ।

६ सदस्यीय साे कार्यदलले शनिबारदेखि नै काम सुरु गर्ने भएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा भएको बैठकले सो कार्यल गठन गरेको हो।

कार्यदलका संयोजक पौडेलले नेपालखबरसँग कुरा गर्दै भोलिदेखि नै आफूहरुले काम सुरु गर्ने र विवाद समाधानको विषयमा छिट्टै नै प्रस्तावको मस्यौदा अध्यक्षद्वयलाई बुझाउने बताए।

‘आज दुई अध्यक्षबीच छलफल भयो, पार्टीको आन्तरिक जीवनमा देखिएको समस्याहरुलाई सकारात्मक रुपमा समाधान गर्ने र जनताले पार्टीलाई दिएको जिम्मेवारीलाई निकषर्षमा पुर्‍याउने विषयमा सहमति भएको छ’, पौडेलले नेपालखबरसँग भने, ‘अहिले देखिएको विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन भएको छ, त्यसले भोलिदेखि काम सुरु गरेर चाँडो भन्दा चाँडो अध्यक्षद्वयलाई विकल्प पेश गर्नेछौं।’

भिडियाेः 

नेकपाभित्र विवाद चर्किदै गएपछि दुई अध्यक्ष ओली र प्रचण्डबीच शुक्रबार भएको छलफलले विवाद समाधानका लागि विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल रहेको कार्यदल गठन गरेको हो।

कार्यदलले व्यवहारिक र सैद्धान्तिक लगायत बिभिन्न विषयमा समाधानका प्रस्तावकाे मस्याैदा तयार गरी बुझाउने संयोजक पौडेलले बताए।

याे पनि: 
नेकपा विवाद सुल्झाउने विकल्प प्रस्तुत गर्न ६ सदस्यीय कार्यदल गठन

प्रचण्डको ब्रिफिङः हामी हारेजस्तो देखिन्छ, तर पार्टी बचाउन संयमता अपनाएका हौँ

प्रचण्डलाई ओलीको प्रस्तावः अब सबै निर्णय सचिवालयबाट गराउँछु, पाँचै वर्ष प्रधानमन्त्री मलाई दिनुस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad