राजनीति


तिलौराकोट गुरुयोजनाले कपिलवस्तुको मुहार फेरिने छः पोखरेल

तिलौराकोट गुरुयोजनाले कपिलवस्तुको मुहार फेरिने छः पोखरेल

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ११:३५,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तिलौराकोट गुरुयोजनाले जिल्लाको मुहार फेरिने बताएका छन्।

मुख्यमन्त्री पोखरेलले शुक्रबार कपिलवस्तुको चन्द्रौटामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टरको शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशकै पछाडि परेको कपिलवस्तुमा प्रदेश सरकार बनेपछि विकासले फड्को मारेको बताए। उनले उत्तरी भेगमा रेलमार्ग र दक्षिणी क्षेत्रमा हुलाकी राजमार्गको कामले गति लिएको जानकारी दिए।

शिवराज नगरपालिका क्षेत्रमै प्रदेशस्तरीय सरुवा रोग निर्माणको काम अघि बढेकाले नागरिकलार्ई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताउँदै जिल्लामा सिँचाइका लागि राप्ती सुरही नाका डाइभर्सन र कालीगण्डकी तिनाउ डाइभर्सन योजनाले पूर्ण रुपमा सिँचाइ गर्न सकिने बताए।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश क्षेत्रभित्र पूर्वपश्चिम सडक छेउछाउमा फोहोरमैलाको समस्या रिफ्रेस सेन्टरले हटाएको बताए। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले वातावरण संरक्षण र विकासनिर्माणमा द्वन्द्व भएकाले सन्तुलित तरिकाले विकासको योजना अघि बढाउनुपर्ने विचार राखे।

दुई वर्षभित्र सम्पन्न हुने गरी पहिलो चरणमा रु तीन करोड ६४ लाख लागतमा भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवाले रिफ्रेस सेन्टर निर्माण जिम्मा पाएको छ। स्मार्ट रिफ्रेस सेन्टरमा स्मार्ट रेष्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ स्थल, सिटिङ एरिया, पाथ वे, रोड एरिया, कार वासिङ, चार्जिङ स्टेसन, चालक कक्षलगायत संरचना बन्नेछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad