राजनीति


मोरक्कोको कृषि अनुभव नेपालका लागि उपयोगीः उपराष्ट्रपति पुन

मोरक्कोको कृषि अनुभव नेपालका लागि उपयोगीः उपराष्ट्रपति पुन

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ९:५,

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि मोरक्कोका राजदूत मोहम्मेद मल्लिकीले शिष्टाचार भेट गरेका छन्। शुक्रबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ।

भेटमा उपराष्ट्रपतिले नेपाल र मोरक्कोको औपचारिक सम्बन्ध स्थापना भएको ४४ वर्ष पुगेको र दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै आएको बताएका छन्। उनले नेपाल र मोरक्कोबीचको सम्बन्धलाई जनस्तरसम्म फैलाएर आपसी सहयोग र सहकार्यलाई फराकिलो बनाउनुपर्ने बताए।

उपराष्ट्रपतिले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउँँदै मोरक्कोलाई लगानीका लागि आग्रह गरे।

मोरक्कोले कृषि क्षेत्रमा गरेको विकास र अनुभव हामीलाई काम लाग्न सक्छ,’ उनले भने, ‘हामी नेपालको कृषि लगायत विविध क्षेत्रमा लगानीका लागि मोरक्कोलाई स्वागत गर्न तयार छौँ।’

भेटमा नेपालका लागि मोरक्कोका राजदूत मल्लिकीले नेपाल मोरक्कोको असल मित्र राष्ट्र भएको बताए। उनले कृषि लगायत विविध क्षेत्रमा नेपालसँग सहकार्य गर्न मोरक्को जहिल्यै तयार रहेको बताए। उनले नेपालको कृषि क्षेत्र मोरक्कोको प्राथमिकतामा रहेको बताए।

मोरक्कोका राजदूतले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिँदै उक्त अवसरमा मोरक्कोका नागरिकलाई नेपाल भ्रमण गर्न आफूले सहजीकरण गर्ने बताए। भेटमा नेपालका लागि मोरक्कोका अवैतनिक वाणिज्य दूत वसन्तकुमार चौधरी पनि उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad