राजनीति


पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जी भन्छिन्ः मोदीको पार्टी माओवादीभन्दा खतरनाक

पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जी भन्छिन्ः मोदीको पार्टी माओवादीभन्दा खतरनाक

नेपालखबर
माघ ६, २०७७ मंगलबार १२:१९,

मंगलबार पुरुलियाको एक सभालाई सम्बोधन गर्दै बनर्जीले भाजपा शसस्त्र समूह माओवादीभन्दा खतरनाक भएको बताएकी हुन्।

पश्चिम बंगालमा आगामी अप्रिल–मे महिनमा विधानसभाको चुनावै हुँदैछ। त्यहाँ आफ्नो पार्टीलाई जिताउन मोदीको दल भाजपाले हर सम्भव प्रयास गरिरहेको छ।

पछिल्लो लोकसभा चुनावमा भाजपाले बंगालमा राम्रो प्रदर्शन गरेको थियो। यतिबेला भाजपा विधानसभामा पनि उत्कृष्ट नतिजा निकाल्न चाहन्छ।

गृहमन्त्री अमित शाह र भाजपाका अध्यक्ष जेपी नड्डाले आफ्ना हरेक भाषणमा भाजपाले बंगालमा २ सयभन्दा बढी सिट जितेर सरकार बनाउने दाबी गरिरहेका छन्।

यसबीचमा बनर्जीले भाजपा माओवादीभन्दा खतरनाक भएको बताएकी हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad