राजनीति


ओलीलाई प्रचण्डले दिए भित्तामा पुर्‍याउने चेतावनी

ओलीलाई प्रचण्डले दिए भित्तामा पुर्‍याउने चेतावनी

नेपालखबर
माघ ६, २०७७ मंगलबार १२:२९,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू युद्धको पनि कमान्डर भएका कारण सचेत कठोर बन्नुपर्ने परिस्थिति आए भित्तामै पुर्‍याइदिने चेतावनी दिएका छन्।

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भित्तामा पुर्‍याउने चेतावनी दिएका हुन्।

आफू भावुक खालको र फकाए फकिने स्वभावको भए पनि यद्धको पनि कमान्डर भएका कारण कठोर हुनुपर्ने समय आए भित्तामा पुर्‍याइदिने चेतावनी दिएका हुन्।

उनले सुरुमा आफूलाई प्रधानमन्त्रीले फकाएको र आफू भावुक  मान्छे भएका कारण फकिँदै गएको बताउदै ओलीले नै धकेलेर आफूलाई माधव नेपालको कित्तामा पुर्‍याएको बताए। उनले आफूलाई धकेलेर अर्को कित्तामा पुर्‍याएकोमा ओलीलाई धन्यवादसमेत दिए।

‘मलाई फकाएको फकाएइ गरेको भए देशै दुर्घटना नै हुन्थ्यो कि भन्ने डर लाग्छ। किनभने म अलि भावुक खालको छु, फकायो भने फकिने खालको छु’, उनले भने, ‘उहाँले धकेलेर पठाइदिएपछि त म कठोर हुनपर्‍यो भन म युद्धको पनि कमान्डर पनि थिएँ। कठोर हुन पर्‍यो भने त म भित्तामा पुर्‍याउन पनि तयार हुन्छ।’

उनले केपी ओलीले माधव नेपाललाई हेपेर प्रचण्डलाई उपयोग गर्न खोज्ने ब्लण्डर गरेको बताए।

‘माधवजीलाई हेपेर, माधवजीको पक्षमा रहेका इमान्दार क्रान्तिकारी कम्युनिष्टलाई पेलेर प्रचण्डलाई पनि उपयोग गर्ने सोच्नु भो, त्यो गलत थियो’, उनले भने, ‘प्रचण्ड जस्तो मान्छेलाई घुमाएर जे भन्यो त्यही मान्ने बनाउँछु भन्ने ठान्नु भयो, त्यो ब्लण्डर भो, तपाईं सिद्धिनु भो अब, तपाईंले बाजी हारिसक्नु भयो।’ उनले ओली लोकतन्त्र, गणतन्त्र र सार्वभौम जनताकाविरुद्ध गएर लडाइँ हारेको बताए। 

अध्यक्ष प्रचण्डले ओलीले वैशाखमै पार्टी फुटाउने तयारी गरे पनि आफूले जोगाएको दावी गरे। उनले आफूले कार्यदल बनाएर ओलीलाई फुटमा जानबाट रोकेको बताए।

‘निर्वाचन आयोगमा आफ्नो निर्देशनमा एमाले दर्ता गराउनुभयो। डाँडाको बीचको भएको सूर्य चिह्न भयो। मैले कार्यदल बनाएर पार्टी फुटाउन दिइनँ’, अध्यक्ष प्रचण्डले भने।

उनले सचिवालय, स्थायी समिति केन्द्रीय समिति सबैतिर अल्पमतमा परेपछि ओली बैठक छलेर भाग्दै हिँडेको आरोप समेत लगाए। उनले ओलीकै कारण पार्टीमा पटक पटक संकट आउँदा पनि पार्टी जोगाउनका लागि आफू र माधव नेपालले अपमान समेत सहेको बताए। उनले ओलीले बैठकका निर्ण नमान्दा समस्या उत्पन्न भएको बताए।

उनले भने, ‘पार्टीको बैठकमा पनि नआउने, पार्टीको कुनै निर्णय पनि नमान्ने भएपछि पार्टीमा संकट आयो।’अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पूर्व एमाले समूहलाई विश्वसमा लिन नसकेर आफूलाई खेलेको भन्ने आरोप लगाए। उनले अध्यक्ष प्रचण्डले ओलीलाई आफ्नो अनुहार ऐनामा हेर्न सुझाब समेत दिए।

‘पूर्व एमालेमा मैले खेलेँ भन्नुहुन्छ उहाँले। म के भन्छु भने ५० वर्षदेखि काम गरिरहेका, कोहीले १५ वर्षदेखि गरेका, कोहीले १० वर्ष पार्टीको नेतृत्व गरेका माधव नेपाल, झलनाथ खनाल प्रधानमन्त्री भइसकेका। देशको राजनीतिक रुपमा स्थापित व्यक्तिलाई तपाईं ५० वर्षदेखिसँगै हुनुहुन्थ्यो’, उनले भने, ‘तपाईंले विश्वासमा लिन नसक्ने, भर्खरै एकता गरेको प्रचण्डले सजिलै विश्वासमा लिन सक्ने कसरी भयो?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad