ad ad

राजनीति


मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. साह नियुक्त

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. साह नियुक्त

शैलेन्द्र महतो
माघ १८, २०७७ आइतबार ९:३२,

प्रदेश २ सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्त गरेको छ।

मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानका लागि उपकुलपतिमा डा. राम केवल साह, रजिस्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिएको हो।

उपकुलपतिमा नियुक्त भएका साह यसअघि प्रदेश सरको कोरोना रोकथाम तथा नियन्त्रण अभियानका विज्ञ समूहका संयोजकसमेत छन्।

मुख्यमन्त्री निवास मधेशभवनमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन्।

नियुक्ति पत्र हस्तान्तरण गर्दै मुख्यमन्त्री राउतले प्रदेशकै गौरवको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ति सरकारका लागि गौरवको दिनको रुपमा रहेको बताए।

No description available.

नवनियुक्त पदाधिकारीहरुका लागि अवसर र चुनौती दुबै रहेको बताउँदै उनले यसै वर्षदेखि एकेडेमिक सेसनहरु सञ्चालन हुने विश्वास व्यक्त गरे।

प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको हो।

पदभार ग्रहण गर्दै उपकुलपति साह प्रदेश २ मा स्वास्थ्य क्षेत्रको अवस्था दयनीय भएको बताउँदै सेवाको स्तर सुधारको लाग्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, मुख्यन्यायधिवक्ता दीपेन्द्र झा लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .