ad ad

राजनीति


संवैधानिक आयोगमा सिफारिस ४५ जनालाई शीतल निवासमा शपथ खुवाइँदै

संवैधानिक आयोगमा सिफारिस ४५ जनालाई शीतल निवासमा शपथ खुवाइँदै

नेपालखबर
माघ २१, २०७७ बुधबार १:५०,

विभिन्न संवैधानिक आयोगमा अध्यक्ष/प्रमुखलगायत पदाधिकारीका लागि सिफारिस ४५ जनाका लागि अहिले बिहान ९ बजे शपथ कार्यक्रम राखिएको छ।

शीतल निवास स्रोतका अनुसार बुधबार बिहान शीतल निवासमा उनीहरूको शपथ राखिएको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक पछि स्थगन गरिएको थियो : बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित। 

यसअघि भएको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग, समावेशी आयोगलगायत संवैधानिक निकायमा प्रमुखसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको छ।

कुन निकायमा को?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा– प्रमुख आयुक्त : प्रेमकुमार राई,  आयुक्तहरू : जयबहादुर चन्द र
किशोर सिलवाल

मानव अधिकार आयोगमा– अध्यक्ष : तपबहादुर मगर, सदस्यहरू : मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिली थापा, मिही ठाकुर

निर्वाचन आयोगमा– आयुक्तहरू : रामप्रसाद भण्डारी र डा. जानकी तुलाधर 

वित्त आयोगमा– जुद्ध गुरुङ र अमरराज मिश्र

महिला आयोगमा– अध्यक्ष : कमलाकुमारी पराजुली, सदस्यहरु : कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हा

दलित आयोगमा– अध्यक्ष : देवराज विक, सदस्यहरू : मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली
र मेहेले पार्की

समावेशी आयोगमा– अध्यक्ष : मनप्रसाद खत्री, सदस्यहरू : रामचन्द्र जोशी, हरिभक्त जोशी र जितेन्द्र पासवान

आदिवासी आयोगमा– अध्यक्ष : रामबहादुर थापा, सदस्यहरू : मीन श्रीस मगर, मिनसिंह लामा, रीना राना र चरण राई

मधेसी आयोगमा– सदस्यहरू : जिवछ साह, रेणुदेवी साह र विजय गुप्ता

थारू आयोगमा– सदस्यहरू : विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारू र भोलाराम चौधरी

मुस्लिम आयोगमा– सदस्यहरू : महमुद्दिम अली, मिर्जा अर्सद बेग

तर सबै सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेका थिए।

याे पनि :  

सुनुवाइका लागि संसदमा पठाइएका सक्कलै कागजात सभामुखद्वारा फिर्ता, दिए आठ कारण (पत्रसहित)

सभामुखले सुनुवाइसम्बन्धी पत्र फिर्ता पठाएकोमा राष्ट्रिय सभा अध्यक्षको आपत्ति (वक्तव्यको पूर्णपाठ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .