राजनीति


पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक

 पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक

नेपालखबर
फागुन १२, २०७७ बुधबार ९:४९,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेबाट स्थायी समिति बैठक सुरु भएको एक नेताले बताए।

प्रतिनिधि सभा पुनर्स्थापनापछिको समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको ती नेताले जानकारी दिए।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले मंगलबार उक्त निर्णय बदर गरेको हो।

यसअघि आजै प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको स्थायी समिति बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

त्यस्तै प्रचण्ड–नेपाल समूहले अपरान्ह ४ बजे संसदीय दलको बैठकसमेत बोलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad