राजनीति


याक एन्ड यतीमा ओली पक्षका सांसदको भेला

याक एन्ड यतीमा ओली पक्षका सांसदको भेला

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार ९:४,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुको भेला होटल याक एन्ड यतीमा भएको छ।

शुक्रबार दरबारमार्गस्थित होटल याक एन्ड यतीमा भएको भेलालाई सो समूहले अनौपचारिक छलफल भनेको छ।

ओली पक्ष सांसद डा. सूर्य पाठकले केही सां‌‌सदबीच अनौपचारिक छलफल भएको बताए।

‘हामी केही साथीहरुबीच याक एन्ड यतीमा केहीबेर सामान्य र अनौपचारिक छलफल भएको हो,’ पाठकले नेपालखबरसँग भने। उनले भेलामा कति सांसद सहभागी थिए र के कुरा भयो भन्ने चाहिँ खुलाउन चाहेनन्।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेपछि संसद बैठक १३ दिनभित्र बोलाउन आदेश दिएको छ। अदालतको आदेशपछि बस्न लागेको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन ओली पक्षले छलफललाई तीव्रता दिएको छ।

प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजित भएकाे छ। नेकपाकाे प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्तावको तयारी गरिरहेका बेला ओली पक्षले त्यसलाई कसरी ‘फेस’ गर्ने भन्ने बारेमा आन्तरिक छलफल गरिरहेको छ।

नेकपाका दुवै पक्ष अहिले सांसदहरु आफ्नो समूहमा तान्ने प्रयास गरिरहेका छन्।

एकीकृत नेकपाका १ सय ७४ सांसदमध्ये ओली पक्षमा ८० बढी छन् भने प्रचण्ड–नेपाल पक्षमा ९० बढी सांसद रहेको उनीहरुले दाबी गरिरहेका छन्।

अर्को समूहका सांसदहरुलाई आफूतिर तान्ने र आफ्नो पक्षमा भएका सांसदलाई कतै जान नदिनका लागि दुबै पक्षले भेला र छलफललाई निरन्तरता दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad