प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको संसदीय दलको बैठक बस्नुअघि नै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ललितपुरमा जारी राष्ट्रिय कार्यकर्ता भेलाको स्थलमै आफूपक्षीय सांसदको बैठक राखेको छ।
ललितपुरको हेरिटेज गार्डेनमा बुधबारदेखि नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला जारी छ।
अध्यक्ष ओलीको आह्वानमा आजै बिहान ११ बजे संसदीय दलको बैठक बस्दै छ। त्यसअघि नै नेपाल–खनाल पक्षका सांसदको बैठक कार्यकर्ता भेला स्थलमै राखिएको हो।
बिहान १० बजेबाटै सुरु हुने गरी सांसदको बैठक बोलाइएको नेपाल पक्षका नेता विष्णु रिजालले जानकारी दिए।
‘एकताकै लागि भेला’
नेता रिजालले ललितपुरमा जारी राष्ट्रिय कार्यकर्ता भेला एमाले पार्टीलाई एक बनाउनकै लागि भइरहेको दाबी गरेका छन्।
भेलामा प्रस्तुत अवधारणापत्रमा आफूले भनेको कुरा अध्यक्ष ओलीले मान्नुभएन भने के गर्ने भन्नेबारे केही उल्लेख नगरिनुको कारण त्यही भएको उनले बताए।
तर कतिपयले पार्टी अध्यक्षबााट ओलीको राजीनामा मागिएको र नयाँ नेतृत्व तोक्नुपर्ने कुरा उल्लेख भएको भनेर परिस्थितिलाई उत्तेजक बनाउने ढंगले कुप्रचार गरिरेको उनको आरोप छ।
‘पार्टीमा विवाद छ, मतभेद छ। तर, हामी सबैले आफ्नो भविष्य बलियो र सुदृढ नेकपा (एमाले) भित्र खोज्ने हो, बाहिर होइन र यो भेला त्यही एकतामा दबाब र जोड दिनका लागि भइरहेको छ।’
तर कतिपयले पार्टी अध्यक्षबााट ओलीको राजीनामा मागिएको र नयाँ नेतृत्व तोक्नुपर्ने कुरा उल्लेख भएको भनेर परिस्थितिलाई उत्तेजक बनाउने ढंगले कुप्रचार गरिरेको उनको आरोप छ।
तर यसमा प्रमुख भूमिका अध्यक्षकै हुने नेता रिजालको भनाइ छ।
बुधबार (हिजो) देखि जारी नेपाल पक्षको राष्ट्रिय भेला आज समापन गरिँदै छ।

प्रतिक्रिया