ad ad

राजनीति


अम्बानी प्रकरणले तात्तियो महाराष्ट्रको राजनीति, मागियो मुख्यमन्त्रीकै राजीनामा

अम्बानी प्रकरणले तात्तियो महाराष्ट्रको राजनीति, मागियो मुख्यमन्त्रीकै राजीनामा

नेपालखबर
चैत ६, २०७७ शुक्रबार १०:३१,

भारतकै सबैभन्दा ठूला उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थले भरिएको गाडी (स्कार्पियो) राखिएको काण्डले महराष्ट्रको राजनीति तात्तिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का प्रमुख शरद पवारसँग दिल्लीमा भेटवार्ता गरेका छन्। तर उनीहरूबीच के कुरा भयो, सार्वजनिक भएको छैन।

झन्डै एक घण्टाको भेटवार्तापछि बाहिरिएका गृहमन्त्री देशमखुले यति मात्र भने, ‘नागपुरमा निर्माण गर्न लागिएको एक आयोजनाका सन्दर्भमा भेटवार्ता गरिएको हो।’

यस क्रममा पत्रकारले मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थसहित स्कार्पियो भेटिएको र त्यसका धनी भनिएका मनसुख हिरेनको मृत्यु सम्बन्धमा प्रश्न गर्दा उनले यो घटना राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) र महाराष्ट्र आतंकवादविरोधी टोली (एटीएस) ले निरन्तर अनुसन्धान गरिरहेको बताए। त्यसमा राज्य सरकारले पूर्ण रूपमा सहयोग गरिरहेको उनले दाबी गरे। उनले भने, ‘मैले मुम्बईमा भएको घटनाक्रमबारे पवार साहबलाई जानकारी दिएँ।’

संसद् भवनबाहिर राज्यसभाका सांसद नारायण राणेले पत्रकारसँग महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे सचिन वाजे (मुम्बईका सहायक प्रहरी निरीक्षक जो अम्बानी प्रकरणमा अहिले हिरासतमा छन्) का धर्मपिता भएको आरोप लगाए। सकारले ठीकसँग काम नगरिरहेको र सबै प्रहरी अधिकारीको इच्छाअनुसार गरिरहेको उनको आरोप छ।

उनले भने, ‘खराब कानुनी व्यवस्था र भ्रष्टाचारका कारण मुम्बईमा मुकेश अम्बानीजस्ता व्यक्ति असुृरक्षित छन्। मैले राज्यका मुख्यमन्त्रीको राजीनामा र राष्ट्रपति शासन लागूका लागि केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्र लेखिसकेको छु।’ दैनिक भास्कर

याे पनि :  अम्बानी प्रकरणमा अर्को महत्त्वपूर्ण खुलासा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .