बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा आइतबार दिउँसो झडप हुँदा मृत्यु भएका दुई व्यक्ति आफ्ना नेता तथा कार्यकर्ता भएको नेपाली कांग्रेसले जानकारी दिएको छ।
कांग्रेसको बागलुङ जिल्ला कार्यसमितिका सभापति दीपेन्द्रबहादुर थापाले सोमबार बिहान विज्ञप्ति जारी गरी झडपमा मारिएका प्रकाश कुँवर आफ्ना जिल्ला सदस्य तथा दीपक परियार सक्रिय कार्यकर्ता भएको जानकारी दिएका हुन्।
सुनियोजित रूपमा उनीहरूको हत्या गरिएको भन्दै कांग्रेसले दोषीविरुद्ध कडा कारबाही गर्न उनले माग गरेका छन्। साथै घटनामा ज्ञानु दमाईलगायत घाइते भएकाले उनीहरूको औषधि उपचारको व्यवस्था गर्न बागलुङ कांग्रेसले सरकारसँग माग गरेको छ।
हेर्नुहोस्, कांग्रेसको विज्ञप्ति :

प्रहरीका अनुसार ३६ वर्षीय कुँवर र ३४ वर्षका दीपक परियारको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएका थिए।
कारण स्पष्ट भइनसकेको भए पनि युवतीलाई रङ दल्ने क्रममा दुई समूहका युवाबीच झगडा भएको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा त्यो झडपको दृश्य :

प्रतिक्रिया