राजनीति


मैमाथि बम हान्ने थापालाई गृहमन्त्री बनाएर गल्ती गरेँ : प्रचण्ड

मैमाथि बम हान्ने थापालाई गृहमन्त्री बनाएर गल्ती गरेँ : प्रचण्ड

नेपालखबर
चैत २४, २०७७ मंगलबार ११:५७,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादललाई गृहमन्त्री बनाउनु आफ्नो गल्ती भएको बताएका छन्।

मंगलबार रुकुमको सदरमुकाम खलंगामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बम प्रहार गर्ने रामबहादुर थापालाई गृहमन्त्री र केही पनि आधार नभएका मणि थापालाई स्थायी समितिमा लैजानु गल्ती भएको बताएका हुन्।

‘संविधानसभाको निर्वाचन २०७० सालमा ममाथि बम हान्नेलाई गृहमन्त्री बनाएँ, केही पनि आधार नभएकालाई स्थायी समिति सदस्य बनाएँ। गल्ती त भएकै हो’, प्रचण्डले भने।

उनले पार्टीप्रति प्रतिबद्ध, इमान्दार, दुःख गरेकाहरुलाई ध्यान नदिएर नेतृत्वलाई घेराबन्दी गर्नेलाई ठाउँ दिएको भन्दै गल्ती महसुस गरेका हुन्।

उनले दुःखसुखमा साथ दिन जनता छाडेर अन्य पार्टी र देशीविदेशीसँग लागेको र त्यसैका कारण पार्टी कमजोर बन्न पुगेको भन्दै आत्मालोचना समेत गरे।

उनले संविधान र व्यवस्थामाथि षड्यन्त्र भएको भन्दै जनयुद्धका उपलब्धिमाथि षड्यन्त्र भइरहेको बताए।

उनले अब आफू काठमाडौँमा कम र जनताका बीचमा धेरै बस्ने भन्दै त्यसका लागि रुकुमको सभाले आफूमा ऊर्जा थपेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad