राजनीति


पूर्वराजा ज्ञानेन्द्रले भने : निषेध र प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनै पर्छ

पूर्वराजा ज्ञानेन्द्रले भने : निषेध र प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनै पर्छ

नेपालखबर
चैत ३१, २०७७ मंगलबार १२:५४,

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व सबैमा हुनुपर्ने बताएका छन्।

मंगलबार नयाँ वर्षको शुभकामना सन्देशसहित एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारिता सबैमा हुनुपर्ने बताएका छन्। उनले यसका लागि आपसी भाँडभैलो, अनमेल र द्वन्द्वको अन्त्य हुनुपर्ने बताएका छन्।

 उनले टाठाबाठ मात्रै सम्पन्न र सुविधानभोगी भन्ने गतिविधि र पद्धति त्याग्नुपर्ने बताएका छन्।

‘टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने, अरु निमुखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्नेखालको गतिविधि र पद्धति पनि त्याग्नैपर्ने हुन्छ’, उनले भनेका छन्।

उनले फुटेर नभई जुटेर शक्ति संरक्षण गर्नु पर्ने र एकतामै देशको कल्याण रहेको बताएका छन्।

‘नेपाली हामी फुटेर होइन, शक्ति संरक्षण जुटेर गरौं। एकतामा हाम्रो सफलता छ, यसमै देशको कल्याण छ,’ शुभकामना सन्देशमा उनले भनेका छन्।

उनले नेपालीका समस्या साझा रहेको भन्दै एउटा बिग्रेको अर्कोले हेर्ने बेला नभएको बताएका छन्। उनले पहिले देश र त्यसपछि मात्रै आफू भन्ने भावना सबैमा हुनुपर्ने बताएका छन्।

‘देशको उन्नति र अधोगति हामीहरुकै हातमा छ। पहिले देश अनि मात्र आफू भन्ने भावना हामी सबैमा हुनु अत्यावश्यक छ। हामीले कर्तव्य पुरा गर्‍यौं भने हामी उठ्छौं। निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउनै पर्दछ,’ उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad