कर्णाली प्रदेश सभामा पार्टीको ह्विपविपरीत एमालेका ४ सांसदले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि देशमा राजनीतिक तरंग पैदा भएको छ।
कर्णालीको कम्पन गण्डकीमा पनि देखिएको छ। त्यहाँका नेपालपक्षीय सांसदले भन्न थालेका छन्, ‘मत दिने बेला विचार गर्छु।’
यस विषयमा एमालेकै दुई खेमा तथा अन्य दलका नेताहरूबाट विभिन्न खालका प्रतिक्रिया व्यक्त भइरहेका छन्।
यसै क्रममा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझ्न सम्बन्धित पक्षलाई चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मूल्य/मान्यताको राजनीतिलाई कानुनी भ्रम जालले छोप्ने दुष्प्रयास नगरौं। कुनै घटनाको मुख्य चालकतत्त्व बाह्य हैन, आन्तरिक हुन्छ भन्ने नभुलौं।’
ओलीका कट्टर आलोचक पूर्वप्रधानमन्त्री डा. भट्टराई अगाडि लेख्छन्, ‘सत्ताभन्दा सत्य बलवान् हुन्छ भन्ने नबिर्सौं। भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुँदैछ प्रतीक्षा गरौं !’
यो पनि : कर्णाली प्रदेशमा एमालेका ४ सांसदले पार्टीको ह्विप नमानेकोबारे रामकुमारी झाँक्री भन्छिन्...

प्रतिक्रिया