कोरोना महामारीका कारण तत्कालका लागि जनगणना स्थगित भएको छ।
आइतबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार तत्कालका लागि जनगणना स्थगित गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।
जनगणना गर्नका लागि केन्द्रीय तथ्यांक विभागले ८ हजार सुपरिवेक्षक मागेको थियो। उनीहरुको तालिम पनि स्थगित गरिएको छ।
कोरोना महामारीका कारण तत्कालका लागि जनगणना स्थगति गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बताए।
अर्को मिति कोरोनाको पुन: तोकिने उनले जानकारी दिए।
जेठ २५ देखि असार ८ सम्म जनगणनाको मिति तय भएको थियो।

प्रतिक्रिया