राजनीति


चन्द्रागिरिमा मदन भण्डारी स्मृति पार्क बन्ने

चन्द्रागिरिमा मदन भण्डारी स्मृति पार्क बन्ने

नेपालखबर
साउन ३२, २०७६ शनिबार ३:४४,

चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ।

काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उद्यान निर्माण गर्न लागिएको हो।

काठमाडौँ महानगरपालिकाको एक करोड तथा चन्द्रागिरि नगरपालिकाको एक करोड लागतमा उद्यान बन्न लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए।

“काठमाडौँ महानगरपालिकाले प्रत्येक नगरपालिकालाई पार्क निर्माणका लागि एक करोड विनियोजन गरेसँगै मदन भण्डारी उद्यान निर्माण गर्न लागेका हौँ”, उनले भने । उक्त उद्यानको बिहीबार शिलान्यास गरिएको छ।

चन्द्रागिरि नगरपालिकाको पर्यटकीय विकासका लागि केवुल कार, कालु पाण्डे समाधी स्थल, मातातीर्थलगायतले सहयोग पुग्ने गिरीले बताए।

उद्यान निर्माणसँगै चन्द्रागिरि नगरपालिकाको पर्यटनमा थप सहयोग पुग्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad