राजनीति


पूर्वमन्त्री पहाडीको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

पूर्वमन्त्री पहाडीको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार १२:५४,

नेपाली कांग्रेसले पूर्वमन्त्री मोतिप्रसाद पहाडीको निधनमा दुःख व्यक्त गरेको छ।

पहाडीको ७७ वर्षको उमेरमा हिजो राति १ बजे भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा निधन भएको कांग्रेसले जनाएको छ।

पहाडी २०५१ को संसदीय निर्वाचनमा डोल्पा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि उनी आपूर्ति तथा वनमन्त्री र कानून राज्यमन्त्री समेत भएका थिए।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्।

२०४६ को ऐतिहासिक जनआन्दोलन पश्चात नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले पुर्‍याएको सक्रिय भूमिकाको स्मरण गर्दै सभापति देउवाले पूर्वमन्त्री पहाडीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad