नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलले देशमा संवैधानिक संकट आएको बताएका छन्।
गण्डकी प्रदेश सभामा बोल्दै पोखरेलले मुख्यमन्त्रीले प्रदेश सभालाई छलेर सत्ता लम्ब्याउन खोजेको बताए।
अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने र विशेष अधिवेशनमा पनि छलछाम गर्ने काम भएको उनको आरोप छ।
उनले मुख्यमन्त्री सदन छलेर भागेको उनले बताए। मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव समाना गर्न नसकेको उनको भनाई छ।
संविधानले गरेको व्यवस्थालाई मिस युज गरिएको उनको भनाई छ।
प्रदेशमा असार १ गते बजेट ल्याउने बाध्यात्मक व्यवस्था रहेको र आज अविश्वासको प्रस्तावमा छलफल गर्नु पर्ने अवस्था आउनु दुखद भएको पोखरेलको भनाई छ।
उनले लोकतन्त्रको रटान दिएर मात्र नहुने भन्दै यसलाई अबलम्बन गर्नु पर्ने बताए। सरकारले उल्लेख्य काम गर्न नसकेको पोखरेलले बताए।
'सरकार बनेपछि केही न केही काम हुन्छ। तर यो ३ वर्षमा प्रदेशमा आकर्षित गर्ने आकारका के काम भए?, उनले प्रश्न गरे।
कोरोनाका लागि ५ लाख पठाएँ भनेर नहुने उनले बताए। प्रदेशको मुहार फेर्ने किसिमबाट काम गर्न नसकेको उनको भनाई छ।

प्रतिक्रिया