प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनमोर्चाको भूमिकामाथि तिखो टिप्पणी गरेका छन्।
राष्ट्रिय जनमोर्चाले राजनीति र शिद्धान्तलाई नभई स्वार्थ नीतिलाई केन्द्रभागमा राखेर काम गरेको दाबी ओलीको छ।
उनले आफ्ना एक जना प्रतिनिधिलाई यताबाट नभएपछि जसरी भएपनि मन्त्री बनाउन कांग्रेसलाई समर्थन गरेको दाबी गरे।
उनले पछिल्लो समय राजनीतिक दल र तीनका नेताले स्वार्थ केन्द्रीत राजनीति गरेका कारण राजनीतिक शिद्धान्त, वर्गीय राजनीतिक, गन्तव्य र उद्देश्यका सवालहरु ओझेल पर्दै गएको उल्लेख गरे।
प्रधानमन्त्रीले वौद्धिक जगतलाई क्षणिक आवेश र उत्तेजनामा नआउन आग्रह गरे। वुद्धिजीवीहरुलाई देश र जनताप्रति उत्तरदायी भएर आफ्ना अभिव्यक्ति दिन पनि उनले सुझाव दिए।
3
Shares

प्रतिक्रिया