राजनीति


भ्रमण वर्ष सफल बनाउन सेनाद्वारा अन्तरक्रिया

भ्रमण वर्ष सफल बनाउन सेनाद्वारा अन्तरक्रिया

नेपालखबर
असोज १६, २०७६ बिहिबार १३:५७,

नेपाली सेनाले सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन प्रचार प्रसार गर्ने उद्देश्यका साथ बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको प्रमुख आतिथ्यता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा बिहीबार जंगी अड्डामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको हरेक निर्णयलाई नेपाली सेनाले आफ्नो क्षमता र दक्षताले भ्याएसम्म सहयोग गर्दै आएको छ भन्दै ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रमलाई पनि प्रस्ताव भएका ईभेन्टहरु लगायत अन्य कार्यक्रमहरुमा समेत नेपाली सेनाको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

 भ्रमण वर्षलाई भव्य, सभ्य र उत्कृष्ट ढंगबाट सफल बनाउन नेपाली सेनाले बलाधिकृत तथा बलाध्यक्ष रथीको कमाण्डमा २ वटा समितिको समेत गठन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad