राजनीति


चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतमा

चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतमा

नेपालखबर
असोज २४, २०७६ शुक्रबार १०:३१,

चीनका राष्ट्रपति सी चिनफिङ भारत भ्रमणका सन्दर्भमा शुक्रबार अपराह्न चेन्नाई आइपुगेका छन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नाई आएका हुन्।

बैठकका क्रममा दुवै नेताबीच दीर्घकालीन र रणनीतिक महत्व राख्ने द्विपक्षीय सम्बन्धका सबै विषयमा गम्भीर विचारविमर्श हुनेछ।

चेन्नाई भारतीय राज्य तमिलनाडुको प्रान्तीय राजधानी हो। तमिलनाडु दक्षिण भारतकै प्रमुख सांस्कृतिक, आर्थिक तथा शैक्षिक केन्द्र पनि हो। राष्ट्रपति सीको चेन्नाईमा भव्य स्वागत गरिएको थियो।

भारत भ्रमणपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबारदेखि नेपालको दुई दिने भ्रमण गर्नेछन्।

xi in india 1

xi in india 3

xi in india 5

xi in india 7

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad