राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार युवा उद्यमी एवं एफसी चितवनका अध्यक्ष सचिन ढकालले आफ्नो नाम फिर्ता लिएका छन्।
पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै उनले व्यक्तिगत कारणले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराएका छन्।
उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन्।
उनले भनेका छन्, ‘आफ्नै देशको माटो सिँचेर यहीँ सुन फलाउनुपर्छ र स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ भन्ने मेरा पिताजीको प्रेरणाबाट म उद्यमशीलतामा लागेको हुँ।’
312
Shares

प्रतिक्रिया