ad ad

राजनीति


जनकपुरधाममा उपप्रमुखका उम्मेदवार : प्रमुखको चर्चाबीच जो ओझेलमा छन्

जनकपुरधाममा उपप्रमुखका उम्मेदवार : प्रमुखको चर्चाबीच जो ओझेलमा छन्

फाइल तस्बिर


शैलेन्द्र महतो
बैशाख १८, २०७९ आइतबार १४:२६, जनकपुरधाम

स्थानीय तह निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ। 

चुनावमा उम्मेदवारी दर्ता गराएकामध्ये जुनसुकै पालिकामा सबभन्दा बढी चर्चाका पात्र पालिका प्रमुखका उम्मेदवार छन्। 

यसले उप्रमुख पदका उम्मेदवारहरुको चर्चा छायामा परेको छ। 

यस्तै चर्चाको छायामा परेका छन् जनकपुरधाम उपमहानगरपालिकामा उपमेयरका उम्मेदवारहरु। 

अन्य पालिकाहरुमा खासगरी उपप्रमुखमा महिलाहरुको उम्मेदवारी पर्छ। तर जनकपुरधाम उपमहानगरमा ती पदमा पुरुषहरुले पनि उम्मेदवारी दिएका छन्। 

उपप्रमुख पदमा जनकपुधामको उपमेयर पदका लागि २८ जनाको उम्मेदवारी परेको थियो। 

जसमध्ये एकजनाले उम्मेदवारी फिर्ता लिइसकेका छन्। एकजनाको उम्मेदवारी रद्द भएको छ। अहिले २६ जना उपप्रमुखका उम्मेदवार चुनावी मैदानमा छन्। 

जनकपुरधामा सत्ता गठबन्धनको भागबन्डामा जनता समाजवादी पार्टी (जसपा)लाई प्रमुख र उपप्रखु नेपाली कांगेसलाई परेको छ। 

गठबन्धनबाट प्रमुख उपप्रमुखमा पुरुषकै उम्मेदवारी परेको छ। कांग्रेसबाट उपप्रमुख पदमा किशोरी साह उम्मेदवार छन्। 

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उपप्रमुखमा रिताकुमारी मिश्र उम्मेदवार छन्। 

मिश्र जनकपुरधाम उपमहानगरको निवर्तमान उपप्रमुख हुन्। २०७४ को स्थानीय निर्वाचनमा प्रमुखमा लालकिशोर साहसंगै मिश्र पनि उपप्रमुखमा विजयी भएकी थिइन्।  

यस्तै नेकपा एमालेबाट उपप्रमुख पदमा रुना झाले उम्मेदवारी दिएकी छन्। 

उनी  मनोनयन दर्ताको दिन एमाले प्रवेश गरेकी थिइन्। त्यस्तै जनमत पार्टीबाट उपप्रमुखमा सन्तोष साह उम्मेदवार छन्। 

कांग्रेस र एमालेबाट उपप्रमुख पदमा बागी उम्मेदवारी परेको छ। कांग्रेसबाट विद्रोह गर्दै व्यवसायी निर्मल चौधरीले स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिएका छन्। 

त्यस्तै एमालेबाट विद्रोह गर्दै उमेश चौधरी उम्मेदवारी दर्ता गराएका छन्। 

एमालेबाट विद्रोह गरेर उपप्रमुखमा उम्मेदवारी दिएका चौधरी राराब क्याम्पसका पूर्व स्ववियु सभाति हुन्। 

उनी एमालेबाट मेयर पदको आकंक्षी समेत थिए। तर उपमेयर पदको टिकट समेत एमालेले नदिएपछि उनले विद्रोह गरेर उम्मेदवारी दिएका हुन्। 

नेकपा एमाले पनि विगतमाभन्दा जनकपुरमा बलियो अवस्थामा देखिन्छ। त्यसकारण एमालेकी उपमेयरको उम्मेदवार रुना झा चुनावी प्रतिष्पर्धामै देखिन्छन्। 

जनकपुरमा उपमेयर पदमा पनि कडा प्रतिष्पर्धा हुने देखिएको छ। कांग्रेसबाट उम्मेदवार बनेका किशोरी साह र लोसपाकी रिता झा अहिलेसम्म बलिया उम्मेदवारको रुपमा गनिन्छन्।

यधपि सत्ता गठबन्धनअन्तर्गतको कांग्रेसमा प्रमुख पद नपाएको भन्दै व्यापक असन्तुष्टि छ।

गठबन्धनबाट प्रमुख पदका उम्मेदवार जसपाका लालकिशोर साहलाई भोट दिने मनस्थितिमा अधिकांश कांग्रेस नेता कार्यकर्ता देखिँदैनन्। 

यसले गठबन्धनमा अन्तरघातको डर छ। अर्कोतर्फ कांग्रेसकै बागी निर्मल चौधरी रहेकाले पनि किशोरी साहलाई जित्न चुनौती देखिन्छ। 

बागी उम्मेदवार निर्मल चौधरी मारबाडी समुदायका छन्। मारवाडी समुदायको भोट उनैलाई पर्ने भएकाले कांग्रेस उम्मेदवार किशोरीसाहलाई सकस देखिन्छ। 

लोसपाबाट उपमेयरकी उम्मेदवार रिताकुमारी मिश्रको अघिल्लो कार्यकालबाट जनता त्यति सन्तुष्ट देखिँदैन। 

त्यसैले गत चुनावमा उनले पाएको सहानुभूति मत पाउने सम्भावना क्षीण छ। यद्यपि लोसपा पार्टी जनकपुरमा बलियो भएकाले पनि उनी प्रतिष्पर्धामा छैनन् भन्न सकिँदैन।

कांग्रेसका बागी निर्मल चौधरी पनि उपमेयरको बलिया उम्मेदवार नै रहेको चर्चा छ। 

उनी जनकपुर उद्योगा वाणिज्य संघका पूर्व अध्यक्ष हुन्। मारवाडी समुदामा उनको बलियो पक्कड छ। 

मरावाडी समुदायको अधिकांश मत उलाई जाने सम्भावना प्रवल देखिन्छ। 

एमालेका बागी पूर्व स्ववियु सभापति उमेश चौधरी कलबार समुदायका छन्। 

कलबार समुदायको पनि जनकपुरमा राम्रो मत रहेको उनी पनि प्रतिष्पर्धामा रहने चर्चा छ। 

प्रभावशाली उम्मेदवारहरु उपमेयर पदमा बढी रहेकाले कसले जित्ने हार्ने अडकल गर्न भने कठिन देखिन्छ।  

यस्तो छ २०७४ को तथ्यांक
तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट उपमेयर पदमा रिता कुमारी मिश्रले १७ हजार १७४ मत ल्याएर विजयी भएकी थिइन्। 

उनका निकटतम् प्रतिद्वन्द्वी उपप्रमुखमा कांग्रेसकी निलम कर्णले १० हजार ६०५ प्राप्त गरेकी थिइन्। 

एमालेकी उम्मेदवार पुनमकुमारी मिश्रले ४ हजार ९७२, संघीय समाजवादी फोरमकी रिताकुमारी यादवले ४ हजार २८९, स्वतन्त्र उम्मेदवार राकेश विक्रम साहले २ कहजार ४६८ र नेकपा माओवादी केन्द्रकी अम्बिका कुमारीले २२५१ मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .