राजनीति


मुस्ताङमा कांग्रेसका योगेशको अग्रता, पछ्याउँदै एमाले

मुस्ताङमा कांग्रेसका योगेशको अग्रता, पछ्याउँदै एमाले

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १०:५६, पोखरा

मुस्ताङमा प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता कायम गरेका छन्। यो अग्रता अन्तिमसम्म कायम रहे देशकै कान्छा उम्मेदवारको रुपमा चर्चित योगशले पिताको हारको बदला लिनेछन्। 

हालसम्म गनिएको ३ हजार ३७९ मतमध्ये थकालीले २ हजार ३५ मत प्राप्त गरेका छन्। १ हजार ६५७ मतसहित एमालेका प्रेमप्रसाद तुलाचनले उनलाई पच्छ्याइरहेका छन्। 

संयोग कस्तो छ भने, अघिल्लो चुनावमा योगेशका पिता रोमी प्रेमप्रसादसँग पराजित भएका थिए। २०७० सालको चुनावमा भने रोमीले प्रेमप्रसादलाई पराजित गरेका थिए। 

त्यो बेला प्रेमप्रसाद पनि कांग्रेसमै थिए। तर टिकट नपाएपछि उनी ‘बागी’ बनेका थिए। १० हजार ९५७ जना मतदाता रहेको मुस्ताङमा ७ हजार २३० मत खसेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .