मनाङमा प्रनिनिधिसभातर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ।
त्यहाँ हालसम्म नेपाली कांग्रेसका टेकबहादुर गुरुङ २४५ मतले अगाडि देखिएका छन्।
उनलाई नेकपा एमालेका पोल्देन छोपाङले पच्छ्याइरहेका छन्। अब नासों र ङिस्याङ गाउँपालिकाको एउटा–एउटा वडाको मतगणना बाँकी छ। ती दुवै वडामा एमाले बलियो रहेको मानिन्छ।
मनाङमा यसपटक प्रदेशसभामा निर्विरोध बनेका दीपक मनाङ्गेको समर्थन कांग्रेसले प्राप्त गरेको छ।
मनाङ्गेलाई आफ्नो पक्षमा पार्न एमाले र कांग्रेस दुवैले उनलाई निर्विरोध बनाएका थिए।
निर्विरोध बनेपछि मौनजस्तै देखिएका दीपक मनाङ्गे प्रचारको उपक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको चुनावी र्यालीमा देखिएका थिए
420
Shares

प्रतिक्रिया