ad ad

राजनीति


मधेशमा जनमतले खाता खोल्यो, सप्तरी २ 'ख' मा महेश यादव विजयी

मधेशमा जनमतले खाता खोल्यो, सप्तरी २ 'ख' मा महेश यादव विजयी

जयन्त ठाकुर
मंसिर ६, २०७९ मंगलबार १२:२८, जनकपुरधाम

सप्तरी क्षेत्र नम्बर २ (ख) मा जनमतका महेश यादव विजयी, औपचारिक घोषणा बाँकी

मधेश प्रदेशमा जनमत पार्टीले खाता खोलेको छ। सप्तरी २(ख)मा प्रदेशसभामा जनमत पार्टीबाट उम्मेदवारी दिएका महेश यादव विजयी भएका हुन्। 

जनमता उम्मेदवार यादवले १३ हजार ३ सय २५ मत ल्याएका छन्। 

उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ७ हजार २३ मत मात्रै ल्याउन सकेका छन्। यद्यपि औपचारिक घोषणा हुन भने बाँकी रहेको छ। 

सप्तरी २को (क)मा समेत जनमत पार्टीका सतिश सिंह लगभग जित नजिक छन्।

सिंहले ताजा मतपरिणाम अनुसार १४ हजार ३ सय २२ मत ल्याउँदा जसपाका शैलेन्द्र साहले ६ हजार ७ सय ४९ मत मात्रै ल्याउन सकेका छन्। 

यो प्रदेशसभा क्षेत्रमा गणना गर्न बाँकी रहेको मतभन्दा बढी मतान्तर अधिक रहेकाले सिंह समेत यो प्रदेशसभा क्षेत्रमा जित निकालि सकेका छन्। 

यस्तै, सप्तरी २ को ‘क’ मा ४९ हजार ९१८ मतदाता रहेकोमा ३४ हजार ६७८ जनाले मतदान गरेका थिए। 

हालसम्म २८ हजार ३६९ सदर मतको गणना हुँदा सतिश ७ हजार ५७३ मतको अग्रता लिएका छन्। 

यता जनमत पार्टीका नेता कार्यकर्ताहरुले त्यहाँ विजय जुलुश निकाल्ने तयारी समेत गरि सकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .