ad ad

राजनीति


कैलालीबाट नागरिक उन्मुक्तिले खाता खोल्यो, गंगाराम विजयी

कैलालीबाट नागरिक उन्मुक्तिले खाता खोल्यो, गंगाराम विजयी

फाइल तस्बिर : गंगाराम चौधरी


गोकुल जोशी
मंसिर ६, २०७९ मंगलबार १४:३८, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा पहिलो जित हासिल गरेको छ। कैलाली ३ मा उक्त पार्टीका उम्मेदवार गंगाराम चौधरी प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका हुन्।

खसेको कूल ६३ हजार ४४० मतमध्ये चौधरीले २३ हजार १२० मत पाए। सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मा रोकिए।

एमालेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मतमा चित्त बुझाए। राप्रपाका वीरेन्द्र बमले ७ हजार ४७ मत ल्याए। प्रतिनिधि तथा प्रदेशसभातर्फ सुदूरपश्चिममा अन्तिम परिणाम आएको कैलाली ३ पहिलो स्थान हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .